Like us!
Follow us!
Connect us!
Watch us!

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

मंगलबार, ०८ माघ २०७५, १९ : ३८ मा प्रकाशित

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

फोटो: फाइल

अर्थ संसार, तेह्रथुम– जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।

लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रजिअ लक्ष्मीदेवी हुमागार्इंले बताउनुभयो । छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गत शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

शारीरिक रुपमा कमजोर भए पनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै शल्यक्रिया गरेर बच्चा जन्माइएको र आइसियुमा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको अस्पतालका चिकित्सक आनन्द देवले बताउनुभयो । लिम्बूको शल्यक्रियापछि सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो ।

अस्पतालमा ब्लड बैंकसमेत नहुँदा दुई जनाले रक्तदान गरेर लोककुमारीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पनि निरन्तर रक्तस्राव भएपछि अस्पतालले रेफर गरेको उहाँका पति कीर्तिमान लिम्बूले बताउनुभयो । जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँग समन्वय गरी उद्धार गरिएको प्रजिअ हुमागाइले  बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको