Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल हुँदै सिद्धार्थ बैंक

बुधबार, ०९ माघ २०७५, ११ : १७ मा प्रकाशित

नाफामा अब्बल हुँदै सिद्धार्थ बैंक

अर्थ संसार, काठमाडौं – सिद्धार्थ बैंकको नाफा २१ प्रतिशत बढेको छ ।  चालु आर्थिक वर्षको ६ महिनासम्म सम्म बैंकले रु ८७ करोड खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु ७१ करोड ७४ लाख खुदनाफा गरेको थियो ।

बैंकले आज  सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा नाफा रु १५ करोड ३० लाख बढेको उल्लेख गरेको छ ।

बैंकको खुदब्याज आम्दानी बढेर रु २ अर्ब २८ करोड ८८ लाख पुगेपछि नाफामा बढोत्तरी भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी रु १ अर्ब ५३ करोड ४० लाख थियो ।

बैंकको खराब कर्जा अनुपात १.६४, निक्षेप लागत ७.४२, कर्जा निक्षेप अनुपात ७८.७७ र आधार दर १०.५९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७० पैसा पुगेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप बढेर रु १ खर्ब ६ अर्ब ३८ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप रु ८५ अर्ब ५६ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा बैैकले निक्षेप झण्डै रु १७ अर्ब बढाएको छ ।

यस्तै बैंकको कर्जा लगानी पनि विस्तार भई रु ९७ अर्ब ५० करोड ७० लाख पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी रु ७६ अर्ब ९१ करोड ३१ लाख थियो । बैंकको संचित कोषको आकार बढेर रु ५ अर्ब १९ करोड ७२ लाख पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको