Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको पुरै परिवार भाइरल ज्वरोबाट पीडित

बुधबार, ०९ माघ २०७५, ११ : ४६ मा प्रकाशित

प्रचण्डको पुरै परिवार भाइरल ज्वरोबाट पीडित

अर्थ संसार, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूरै परिवार भाइरलले ग्रसित बनेको छ । प्रचण्ड स्वयम् पनि भाइरल ज्वरो, रुघाखोकी र टाउको दुख्ने समस्याले अस्वस्थ हुनुभएको छ भने पत्नी सीता दाहाल, बुहारी विना मगर, नाति प्रणव र नातिनी स्मिता पनि बिरामी परेका छन् ।

अस्वस्थ भएसँगै प्रचण्डलाई सार्वजनिक कार्यक्रममा नजान चिकित्सकले सुझाव दिएको उहाँको निजी सचिवालयले जनाएको छ । परिवारका एक सदस्यका अनुसार प्रचण्डलाई मौसमी भाइरलले केही दिनअघिबाटै ग्रस्त बनाएकोमा सोमबारदेखि झनै बढी भएपछि घरमै आराम गरिरहनुभएको छ ।

यसैबीच, अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना हुनुभएकी प्रचण्डकी बुहारी एवम् खानेपानी मन्त्री विना मगर मंगलबार साँझ नै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आइतबार अस्पताल भर्ना हुनुभएकी प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको