अर्थ संसार, काठमाडौं– सूचना लुकाएको भन्दै नेपाल स्टक एक्सचेञ्जले कारोवार रोक लगाएको साल्ट साल्ट लिमिटेडको कारोवार आजदेखि सुरु भएको छ ।
बजार मूलयलाई प्रभाव पार्ने सूचनाहरु तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान विपरित उक्त संस्थाले निर्णय भएको अर्को दिन मात्रै स्टकलाई सूचना तथा जानकारी गराएको थियो ।
कानूनी प्रावधान पालना गर्नुपर्नेमा त्यसो नगरी लगानीकर्ता तथा सूचना प्रणालीलाई नजरअन्दाज गरेको स्टकको भनाइ थियो ।
स्टकले कानूनी प्रावधान उल्लंघन नगर्न र गल्ती नदोहोर्याउन समेत साल्ट टेड्रिङलाई सचेत गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस