Like us!
Follow us!
Connect us!
Watch us!

बिजनेश इन्साइडर भन्छ –यस्तो छ संसारका पोर्न स्टारको कमाई

बुधबार, ०९ माघ २०७५, १४ : ५४ मा प्रकाशित

बिजनेश इन्साइडर भन्छ –यस्तो छ संसारका पोर्न स्टारको कमाई

अर्थ संसार, काठमाडौं – कसैले वैध तथा कसैले अवैध मानेको निलो फिल्म उदोग संसारभर नै फैलिइरहेको छ ।

सरकारले नेपालमा सबै प्रकारका पोर्न साइटहरु बन्द गरेको छ । सामाजिक रुपमा विकृति फैलिएको भन्दै सरकारले त्यस्ता साइटहरुमा प्रतिबन्ध लगाएको हो । तर संसारभर नै उक्त उद्योगमा लगानीको मात्रा बढीरहेको देखिन्छ ।

बिजनेश इन्साइडरले केही पोर्न स्टारले के कति कमाउँछन् भन्ने उल्लेख गरेको छ ।निक्की बेन्ज नाम दिइएकी युक्रेनी क्यानेडियन पोर्न स्टारको कूल नेटवर्थ मात्रै १० लाख अमेरिकी डलर रहेको छ । त्यो भनेको नेपाली रुपैयाँमा रु १० करोड बढी हो । उनले सन् २०१४ मा टोरन्टोको मेयरका लागि समेत उम्मेदवारी दिएकी थिइन ।

यस्तै जापानी अमेरिकी एसा अकिराको कूल नेटवर्थ मात्रै १५ लाख डलर रहेको  छ । त्यो भनेको नेपालीमा रु १५ करोड बराबरको छ । यस्तै लिसा अनको २० लाख डलर रहेको छ ।

यस्तै भारतको फिल्मी उद्योगमा समेत जमेकी पूर्व पोर्न स्टार सन्नी लिओनीको २५ लाख डलर कूल नेटवर्थ रहेको पाइएको छ ।

यस्तै सासा ग्रेको ३० लाख डलर छ । जाना हाजेको ३७ लाख डलर रहेको छ । विशेष गरी उनी ब्राण्डेड सेक्स टोयको विज्ञापन गर्ने गर्छिन् ।

बेरी ओल्सानको ५० लाख रहेको छ । जासी जानको ८० लाख डलर रेको छ । तेरा प्राटिकको एक करोड ५० लाख डलर रहेको छ । उनले संसारभर नै निला चलचित्रको व्यवसायका लागि अनुमतिपत्र पनि लिएको बताइन्छ ।

जेना जमेल्सनको ३ करोड डलर रहेको छ । उनलाई पोर्न सुन्दरीको नाम पनि दिइएको छ । उनी हाल वेवक्याम मोडलको रुपमा कार्यरत छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको