अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख पुगेको छ । यस अवधिमा बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।
बैंकको लगानीमा बैंकले ४५ अर्ब रुपैयाँ प्रवाह गरेको छ भने बैंकले २५३ भुकम्प पीडितहरुलाई ४२ करोड १५ लाख प्रवाह गरेको छ ।बैंकको आधार दर ६.३३ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७३.६२ प्रतिशत मात्र रहेको छ ।
ताजा समाचार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस