Web Analytics Made Easy - StatCounter
शुक्रबार, १६ जेठ २०७७
भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
बिहिबार, १० माघ २०७५

अर्थ संसार, काठमाडौँ–मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख अशोक पौडेल, राष्ट्र बैंकका अधिकृत विवेक कोइराला लगायतको आतिथ्यता रहेको कार्यक्रममा मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थी र भैरहवा शाखाका प्रमुख विप्लवी त्रिपाठीले एक्सटेन्सन काउन्टरको विस्तारपछि अदालतको राजश्व संकलनमा सहज हुने बताउनुभयो ।

अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुविधा प्रदान गर्न मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

ताजा समाचार

एनबी ग्रुपका पूर्व सञ्चालक जीतबहादुर श्रेष्ठ अर्बपतिबाट एकाएक सडकछाप, भाइले लुकाए विदेशी बैंकमा डेढ अर्ब

आशा लघुवित्तको साधारण शेयर माघ १८ गतेदेखि खुल्ने, कति कित्ताको लागि आवेदन दिने ?

शेयर बजार सुधार्न नेपाल धितोपत्र बोर्डले गर्दैछ आधा दर्जन नियमको संशोधन

सिक्लेस हाइड्रो पावरको २० करोड बराबरको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

नाफामा अब्बल बन्दै प्रभु बैंक, प्रति शेयर आम्दानी कति ?

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९६ करोड 

 

 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved