Like us!
Follow us!
Connect us!
Watch us!

यी ४ बैंकले गरेनन् लाभांश घोषणा, साधारणसभाको पत्तो छैन

शुक्रबार, ११ माघ २०७५, १२ : २० मा प्रकाशित

यी ४ बैंकले गरेनन् लाभांश घोषणा, साधारणसभाको पत्तो छैन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएका २७ वटा वाणिज्य बैंकमध्ये ३ वटा बैंकले लाभांश घोषण गरी सकेका छन् । ती मध्ये १६ वटा बैंकले साधारणसभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन्  ।

२ वटा बैंकले यही माघ भित्र साधारणसभा डाकेका छन भने ५ वटाले लभांश प्रस्ताव गरेपनि वार्षिक साधारणसभाको मिति तोक्ने अन्तिम निर्णयमा पुगेका छन् । यी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । तर, नेपाल बैंक, सेञ्चरी कमर्सियल बैंक, सिभिल बैंक र एनसिसी बैंकले भने अझैसम्म लाभांश घोषणा गरेका छैन् । वार्षिक साधारणसभा त कहिले गर्ने अझै ट्ङगो लगाउन सकेका छैनन ।

साधारणसभासम्बन्धि कानुनी प्रावधान

साधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ । सामान्यतया हरेक वर्षमा एकपटक शेयरवालाहरूले कम्पनीको विविध पक्षका बारेमा छलफल गर्नका लागि औपचारिक कार्यक्रम गर्ने गरिन्छ । सोही औपचारिक कार्यक्रमलाई साधारणसभा भनिन्छ ।

साधारणसभालाई शेयरवालाहरूले कम्पनीको व्यवस्थापनलाई नियन्त्रणमा लिने कानूनी एवम् व्यावहारिक माध्यमका रुपमा पनि लिन सकिन्छ । साधारणसभा  सबै शेयरधनीहरू उपस्थित भई छलफल गरी निश्चित निष्कर्ष निकाल्ने ठाउँ हो । त्यसैले साधारणसभालाई कम्पनीका लागि सर्वोच्च निकाय मान्न सकिन्छ ।

कम्पनी ऐन २०६३ को दफा ६७ ले कम्पनीको वार्षिक साधारणसभा र विशेष साधारणसभा गरी दुई प्रकारको हुने उल्लेख गरेको छ । दफा ७६ ले प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने अनुमति पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ । त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । म्याद नाघेको ३ महीनाभित्र वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीलाई वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्छ । यस्तै, निर्धारित समयमा कम्पनीले साधारणसभा नगरे शेयरधनीले अदालतमा निवेदन दिन पनि सक्ने व्यवस्था छ ।

२७ वटा वाणिज्य बैंकमध्ये अहिलेसम्म लाभांश  घोषण गर्ने र साधारणसभा गर्ने बैंकहरु

5c4ab48966a69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको