Like us!
Follow us!
Connect us!
Watch us!

अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित

शुक्रबार, ११ माघ २०७५, १४ : ४२ मा प्रकाशित

अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित

अर्थ संसार, काठमाडौं  – प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदबाट पारित गरेको छ ।

काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । तर सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरे ।

काँग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले रोष्टम पुर्याएका थिए । विपक्षीको अवरोधविच पनि  सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरेका थिए ।

अर्काे प्रतिनिधिसभाको बैठक आगामि माघ १७ गते दिनको ठिक १ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको