Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डद्वारा अमेरिकाको कडा आलोचना, भेनेजुएलाका राष्ट्रपतिको पक्षमा ऐक्यबद्धता (वक्तव्य सहित)

शुक्रबार, ११ माघ २०७५, १५ : १३ मा प्रकाशित

प्रचण्डद्वारा अमेरिकाको कडा आलोचना, भेनेजुएलाका राष्ट्रपतिको पक्षमा ऐक्यबद्धता (वक्तव्य सहित)

अर्थ संसार, काठमाडौं –  नेपाल कम्युष्टि पार्टी(नेकपा)का अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्डले ) शुक्रबार एक वक्तव्य जारी गरी भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिका लगायतका राष्ट्रहरुले गरेको ‘हस्तक्षेप’ कडा निन्दा गरेका छन् ।

भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी जनतालाई विभाजित गर्ने तथा शान्ति, सार्वभौमसत्ता र प्रजातन्त्रलाई चुनौति दिने काम गरिएको उनले आरोप लगाएका छन् ।

‘हामी अमेरिका र अन्य राष्ट्रहरुलाई अहस्तक्षेप, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वको नीतिलाई सम्मान गर्न आग्रह गर्छौं,’ प्रचण्डले भनेका छन् ।

उनले वक्तव्यमा संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुएलाका राष्ट्रपति मदुरोको पक्षमा ऐक्यबद्धता जनाउन समेत आग्रह गरेका छन् ।  

भेनेजुयलामा मे २०१८ मा भएको चुनावबाट राष्ट्रपति पदमा मादुरो पुननिर्वाचित भएका थिए । उनले यसै महिना दोस्रो पदावधिका लागि सपथ खाएका हुन् । 

तर राष्ट्रसभाका अध्यक्ष  जुआन गुआइडोले बुधबार आफूलाई कार्यवाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि आन्तरिक संकट चुलिएको छ । अमेरिकाले उनलाई कार्यवाहक राष्ट्रपतिको मान्यता दिएपछि क्षुब्द भएका मुडुरोले अमेरिकासँग सम्पूर्ण कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।

5c4ad8762f049.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको