Like us!
Follow us!
Connect us!
Watch us!

भिकेटीको ‘मास्टर प्लान'मा द कार्टुन क्रु फिचर्ड , यु ट्युब ट्रेन्डिङमा

शनिबार, १२ माघ २०७५, १२ : ०९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –गायक सुन्दर भिकेटीलाई  हिट नम्बरको पर्याय भन्दा फरक नपर्ला किनकी जब उनको गीत बजारमा आउछ , त्यो गीतले बजार तताउने गर्छ । भिकेटीको गत बिहीवार सार्बजनिक ‘मास्टर प्लान’ अहिलेको जाडो मौसमलाई गरम बनाउने मलम बनेको छ । गीतले दुई दिनमा नै श्रोताको माया जित्दै यु ट्युबमा शीर्ष ५ ट्रेन्डिङमा पर्न सफल भईसकेको छ ।   

‘मास्टर प्लान’मा गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर रहेको छ । मेलिना राइ पनि अहिलेकी निकै रुचाएकी गायिका हुन। तेस्तै  शंकर थापा ‘स्माइल’ को संगीत तथा खेम राज थापाको शब्द रहेको गीतको भिडियोमा द कार्टुन क्रु लाई  फिचर्ड गरिएको छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । भिडियोमा कन्सेप्ट तथा निर्देशन सरोज अधिकारीको रहेको छ।

भिकेटी तिनै गायक हुन जस्को ‘क्यालेन्डर’बोलको गीत एकदमै रुचाएको थियो । ‘क्यालेन्डर’ले यु ट्युबमा करोड भन्दा माथि भिउ पाउन सफल भएको छ ।

भिकेटीले ‘मास्टर प्लान’ मनपराईदिएकोमा आफ्ना सम्पूर्ण श्रोतालाई धन्यवाद दिएका छन र यसले आउने दिनमा अजै मेहनत सँग काम गर्ने मनोबल दिएको अर्थ संसार लाई बताए ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको