Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले प्यान नम्बरका सम्बन्धमा जारी गर्‍यो विज्ञप्ती (विज्ञप्ती सहित)

ramesh lamsal

आइतबार, १३ माघ २०७५, १९ : ५७ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले प्यान नम्बरका सम्बन्धमा जारी गर्‍यो विज्ञप्ती (विज्ञप्ती सहित)

अर्थ संसार, काठमाडौं –  नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर(प्यान)का सम्बन्धमा सरोकारवाला र बजारका सम्वद्ध पक्षसँग समेत छलफल गराई पूर्वाधारको तयारीका आधारमा कार्यान्वयनमा ल्याउने भएको छ ।

सरकारको चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेत दोस्रो बजार मार्फत शेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सो सम्बन्धमा अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएकोमा त्यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत ताथ अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमटिेडलाई समेत पत्राचार गरिएको प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

स्थायी लेखा नम्बरको सम्बन्धमा सरोकार भएका र बजारसँग सम्वद्ध पक्षलाई समेत छलफल गराई पूर्वाधारको तयारीको आधारमा कार्यान्वयन गराइने बोर्डले स्पष्ट पारेको छ ।

बजारको पूर्वाधार, लगानीकर्ताको वित्तीय साक्षरताको अवस्थालाई दृष्तिगत गरी लगानीकर्ताबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने आन्तरिक राजश्व विभागलाई समेत आवश्यक जानकारी गराइने बोर्डको भनाइ छ ।

बोर्डले अनावश्यक हल्लाको पछाडि नलाग्न र सुझबुझ तरिकाले लगानी सम्बन्धी निर्णय गर्न लगानीकर्तालाई आग्रह गरेको प्रवक्ता गिरीको भनाइ छ । आजै लगानीकर्ताको एक समूहले बोर्डका पदाधिकारीलाई भेट गरी स्थायी लेखा नम्बरको बारेमा ध्यानकर्षण गराएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको