Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रियसभामा पेश हुँदै, कस्तो होला आजको बैठक

ramesh lamsal

सोमबार, १४ माघ २०७५, ११ : २४ मा प्रकाशित

राष्ट्रिय चिकित्सा विधेयक राष्ट्रियसभामा पेश हुँदै, कस्तो होला आजको बैठक

अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभाबाट पास भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ । राष्ट्रियभा सभा बैठक केही बेरपछि बस्दैछ ।

नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको होहल्लाकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।

विधेयकले डा. केसीका ९५ प्रतिशत माग पूरा गरेको दाबी सत्तारुढ सांसदहरुले गरेका छन् ।

यो विधेयकले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाएको छ । आशयपत्र लिएर पूर्वाधार पूरा गरेका मेडिकल कलेजहरुलाई उपत्यका बाहिर जान प्रोत्साहन गरिनेछ ।

यसैगरी एउटा विश्वविद्यालयले पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउनेछ । यी बुँदाहरु माथेमा कार्यदलको सिफारिस र डा. गोविन्द केसीसँग भएको सहमति पनि हो ।

सरकारले ५ वर्षभत्र मेडिकल विश्वविद्यालय खोल्ने र सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा एउटा सार्वजनिक मेडिकल कलेज खोल्ने उल्लेख छ ।

शहीद परिवार, द्वन्द्व पीडित, जनआन्दोलनका घाइते लगायतका सन्ततीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको