अर्थ संसार, काठमाडौं – पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । छातीमा समस्या आएपछि दिउँसो साढे ४ बजे उनलाई नर्भिक अस्पतालमा ल्याइएको हो । उनको अहिले आईसीयूमा राखेर उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
डा. यादवदेव भट्टसहितको टिम उनको उपचारमा सक्रिय छन् । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले बतायो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस