Like us!
Follow us!
Connect us!
Watch us!

महंगो जमानामा सस्तोमा बलियो शिखर जुत्ता

मंगलबार, १५ माघ २०७५, ११ : ०१ मा प्रकाशित

महंगो जमानामा सस्तोमा बलियो शिखर जुत्ता

शिखरको सेल मेलामा ग्राहकको भिड थाम्न नसकेकाले ७ दिन थप्यौंः शिखर सुज

अर्थ संसार, काठमाडौं– शिखर सुजले राजधानीको भृकुटीमण्डपमा गरिरहेका जुत्ताको विन्टर सेल मेला एक साताका लागि थपिएको छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक भिड बढेकाले एक सातालाई थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । शिखरले मेलाको अबधि दोस्रो पटक थपेको हो ।

यसअघि यही माघ ९ गते सकिने मेला ग्राहको अनुरोधमा ४ दिनका लागि थपिएको थियो । थपिएको मेला यही माघ १३ गते सकिँदै थियो । ‘हामीले ग्राहकको अत्यधिक भिड देखेर मेला अबधि ७ दिनलाई थपेका छौं, प्रसाइले भने, ‘स्वदेशी जुत्ताचप्पल सस्तोमा किन्ने अबसरबाट कोही ग्राहक पनि बन्चित बन्नु नपरोस् भनेर अबधि बढाएका हौ ।

शिखरले मेलामा १७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ । यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको जनाएको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए ।

सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा भिड लागेको छ । मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन । अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ ।

शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन । यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ ।

शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन । नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन ।,

5c4fe3ffa8c21.jpg 5c4fe3ffde568.jpg 5c4fe3ffeab7e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको