Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिराबट, केले गरायो कारोबार रकम दोब्बर?

सोमबार, ०३ माघ २०७३, १६ : ०६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिराबट, केले गरायो कारोबार रकम दोब्बर?

अर्थ संसार

काठमाडौं–अर्धबार्षिक खाताबन्दीका बेला केही बढेको बजार माघ लागेपछि लगातकार घटेको छ । सेयर कारोबार सोमबार दोहोरो अंकले घटेको छ ।  प्रभु बैकको संस्थापक सेयर ठूलै परिमाणमा किनबेच भएकाले सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढीले उकालो लागेको छ । यस दिन ५८ करोड ८७ लाख रुपैयाँको कुल कारोबार भएको छ । 

यस दिन प्रभु बैंकको संस्थापक सेयरले मात्रै बजार बढाउन २० करोड ४२ लाख रुपैयाँले सघाएको छ । यसलाई शेयर बजारको सोमबारको कारोबारमा भाग दिँदा प्रभु बैंकको संस्थापक सेयर किनबेचको हिस्सा झण्डै ३५ प्रतिशत हुन आउँछ । यस दिन १२९ कम्पनीको कारोबार भएको छ । प्रभु बैंकको दिनभरि १० लाख १६ हजार ३ सय ६ कित्ता सेयर किनबेच भएको छ। 

यस दिन नेप्से ११.६३ अंकले घटेर १४६६.०९ मा समेटिएको छ । यस दिन फाइनान्सबाहेक सबै समुह राताम्मे भएका छन् । फाइनान्स भने ०.८४ अंकले झिनो सुधार भएको छ । यस्तै बैंकिङ ११.५४, होटल ७.३८, विकास बैंक ६.३, जलविद्युत ७.०४, बीमा १३०.०३ र अन्य ०.८६ अंकले घटेका छन् ।

बजारमा उच्च कारोबार प्रभुको संस्थापक सेयरपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ ग्रोथ स्किम १, नविल ब्यालेन्स फन्ड १ र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ को उच्च कारोबार भएको छ । यस दिन ४ सय प्रतिशत हकप्रद जारी गर्ने भएपछि ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता धेरै कमाउनेमा परेका छन् । यस बैंकका लगानीकर्ताले झण्डै १० प्रतिशतले कमाएका छन् । यसपछि लुम्बिनी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । 

यो पनि पढ्नुहोस्

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर 

भूकम्पपीडित उद्योगीहरुलाई पुनःकर्जाको व्यवस्था गर्न महासंघको आग्रह 

नेपाल लाइफको एफपिओमा ४० अर्बभन्दा बढीको आवेदन

नेपाली युवतीको उपचारमा जुट्यो लाखौं,  श्रीमानले उडाए किनमेलमा 

प्रोफेशनल दियालो विकास बैंक लक्ष्मीमा भयो विलय

सान्जेन जलविद्युत्ले ८७ लाख कित्ता सेयर निस्कासन गर्ने

सिद्धार्थ डेभलपमेण्ट बैंकको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बल आइएमई बैंकले पनि पायो आस्बा प्रणाली संचालन गर्ने स्वीकृती

सिटिजन्स बैंकले जारी गर्यो इएमभीमा आधारित चिप का

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको