Like us!
Follow us!
Connect us!
Watch us!

एल.आई.सी. नेपालको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्ति

मंगलबार, १५ माघ २०७५, १६ : २८ मा प्रकाशित

एल.आई.सी. नेपालको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्ति


अर्थ संसार, काठमाडौं–  एलआईसी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दासलाई नियुक्त गरिएको छ ।

भोली अर्थात बुधबारदेखि लागू हुनेगरी ९७ औं संचालक समितिको बैठकले ३ वर्षको लागि दासलाई अधिकृतमा नियुक्त गरेको हो ।

यो नियुक्ति अघि बीमकका नायब महाप्रबन्धक  अभिजित घोष दस्तिदारले का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि समालिरहनुु भएको थियो ।

एमबिएसम्मको अध्ययन पुरा गर्नुभएका  दासस“ग २६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उहा“ले एल.आई.सी. अफ इण्डियामा सन् १९९२ मा अधिकृतस्तरबाट सेवा शुरु गर्नु भएको थियो ।

एल.आई.सी. नेपालमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पाउनु अघि उहा“ भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एल.आई.सी. अफ इण्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरकोरुपमा कार्यारत हुनुहुन्थ्यो ।  दासले एल.आई.सी. अफ इण्डियाको सुचना प्रविधि, मानव संसाधन, प्रशासन, मार्केटि¨ लगायत प्रायः सवै विभागमा कार्य गरी अनुभव संगाल्नु भएको छ ।

ताजा समाचार

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ 

प्राधिकरणको ४५ आयोजनामाथि अख्तियारको अंकुश

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको