Like us!
Follow us!
Connect us!
Watch us!

यौनले धानेको थाइल्याण्डको पर्यटन उद्योग

बुधबार, १६ माघ २०७५, १७ : १३ मा प्रकाशित

यौनले धानेको थाइल्याण्डको पर्यटन उद्योग

अर्थ संसार, काठमाडौँ-थाइल्याण्डको पर्यटन क्षेत्रमा भएको विकास संसारकै लागि लोभलाग्दो रहेको छ । सुन्दर समुन्द्री किनार तथा भौतिक संरचनाका कारण सो देशको पर्यटनले विश्वमै नयाँ उदाहरण दिएको छ ।

तर समुन्द्र र भौतिक पूर्वाधारले मात्रै थाइल्याण्डको पर्यटन धानिएको छैन । त्यहाँको यौन बजार पनि पर्यटनको विकासको अर्को आधार बनेको छ ।

थाइल्याण्डको एक विश्वविद्यालयले गरेको अध्ययनअनुसार सो देशको मूल ग्राहस्थ उत्पादनमा यौन उद्योगले योगदान दिएको छ । त्यसको कूल भ्याल्यू मात्रै ४.३ विलियन अमेरिकी डलर रहेको छ । २ लाख बढी यौन व्यवसायी कार्यरत रहेका छन् । त्यसमा २० हजार बढी त वयस्क युवा नै यौन व्यवसायमा संलग्न छन् ।

यस्तै माहिडोल विश्वविद्यालयको अध्ययनअनुसार २ लाख  देखि तीन लाख सक्रिय यौन व्यवसायी कार्यरत रहेका छन् । यस्तै अप्रत्यक्ष रुपमा यौन व्यवसायमा संलग्न हुनेको संख्या त उल्लेख्य मात्रामा रहेको छ ।

थाइल्याण्डमा १५ वर्षसम्मका बालिकालाई यौन व्यवसायमा लगाउन नपाइने भएपनि ६० हजारदेखि आठलाख  बढी बालिका यौन व्यवसायमा संलग्न रहेको पाइएको छ । सरकारले कम उमेरका बालिकालाई यौन व्यवसायमा लगाए जेल समेत हाल्ने कानून बनाएको भएपनि लुकीछिपी बालिकालाई यौन व्यवसायमा लगाइएको पाइएको छ ।थाइल्यणडको यौन व्यवसायीको तलब दैनिक २७० भाट बराबर रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको