अर्थ संसार, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अंकले घटेको छ ।नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ०.४ विन्दुले घटेर एक हजार १६०.५९ विन्दुमा कायम भएको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक ०.२८ विन्दुले बढेर २४६.७५ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर रु १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका कूल ११ उपसमूह मध्ये पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ ।
बैंकिङ १.५५, व्यापार १.९, होटल ५.६९, अन्य १.३३, लघुवित्त ५.३१ विन्दुले बढेको छ । यस्तै विकास बैंक ७.०७, जलविद्युत् ६.०५, वित्त ५.३४, निर्जीवन बीमा ८.४५, उत्पादन ६३.८२ र जीवन बीमा ५.३९ विन्दुले घटेको छ ।
झिाने अंकले घटेको बजारमा उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज सात प्रतिशतको दरले कमाएका छन् । यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्सका शेयरधनीले तीन प्रतिशत बढीले कमाएका छन् ।
यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले सात प्रतिशत, यूनिलिभर नेपाल पाँच प्रतिशत, तिनाहँु डेभलपमेन्ट बैंकका शेयरधनीले चार प्रतिशतका दरले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस