Like us!
Follow us!
Connect us!
Watch us!

जनगणना–२०७८ को तयारी शुरु, के होला यस पटकको नयाँ

बुधबार, १६ माघ २०७५, १७ : ४७ मा प्रकाशित

जनगणना–२०७८ को तयारी शुरु, के होला यस पटकको नयाँ

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

योसँगै जनगणना–२०७८ को तयारीका लागि कानूनी आधारको शुरूआत भएको विभागले जनाएको छ । विसं १९६८ देखि शुरु भएको जनगणनाको यो १२औँ शृङ्खला हो । यस पटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ ।

हालसम्म छ वटा प्रदेशमा छलफल भइसकेको छ । कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ । तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने निर्देशक लामिछानेले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको