Like us!
Follow us!
Connect us!
Watch us!

तल्लो खारे खोलाको काम ७५ प्रतिशत सकियो

ramesh lamsal

विहीबार, १७ माघ २०७५, ११ : १९ मा प्रकाशित

तल्लो खारे खोलाको काम  ७५ प्रतिशत सकियो

अर्थ संसार, काठमाडौँ – दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५,६ र ८  मा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाकोे निर्माण तिव्र गतिमा भइरहेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

आयोजनाले अहिले हेडवक्र्स,पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइनको निर्माण गरिरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर अनुप थापाले बताए ।

आयोजनाको हेडवक्र्सतर्फ बाँध, इन्टेक,ग्राभेल,ट्रयाप,कनेक्टिङ क्यानल र डिस्यान्डर वेसीनको काम भइरहेको छ । हेडवक्र्समा कनेक्टीङ क्यानल र फोरवेको निर्माण कार्य सम्पन्न भइसकेकोछ । खोलाको पानी  पठाएर  बाधको काम गरिरहेको छ ।

आजनाकोपेनस्टक पाइपतर्फ २ हजार २ सय मिटर पाइप जडान भइरहेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान गर्ने कार्य भइरहेको छ । पाइप फेब्रीकेशन गर्ने सम्पुर्ण कार्य सम्पन्न भइसकेको छ । पावरहाउसको निर्माण कार्य गर्ने क्रममा मेशिन फाउण्डेशनको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी सिंगटी सब स्टेसनबाट रााष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । उक्त प्रसारण लाइनको लागि आवश्यक जग्गा खरिद गरि सकिएको छ भने सार्वजनिक जग्गा नेपाल सरकारकारबाट वहालमा लिनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसकिएको प्रोजेक्ट म्यानेजर थापाले बताए ।

प्रसारण लाइनको जिम्मा पाएको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लिले १३२ केभी प्रसारण लाइनको निर्माणको लागि चेक सर्वे,टावर डिजाइन,फाउन्डेसन डिजाइन र माटोको परिक्षण समेत सम्पन्न गरि साईटमा मोबिलाइजेशन भईसककेका छन ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने आयोजनाका प्रोजेक्ट म्यानेजर थापाले बताउनुभयो । आयोजना निर्माण गर्न स्थानियवासीले पुर्ण सहयोग गरेको थापाको भनाई रहेको छ । आयोजना निर्माण एकदिन पनि अवरुद्ध नभएको थापाले बताउनुभयो ।  हाल यस आयोजनाले स्थानिय जनताको लागि सिंचाई,बाटो निर्माण, विद्यालय निर्माण लगायतका विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गरिरहेको छ । यस आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कम्पनिले नेपाल धितोपत्र बोर्डको स्वीकृती लिएर सर्वसाधारणको लागि शेयर विक्री खुल्ला गरेको छ । यस युनिभर्सल पावर कम्पनिले  मिति २०७५ माघ २५ गतेदेखि दोश्रो चरणमा ९३,२७,४१० कित्ता शेयरहरु सर्वसाधारणका लागि छुटाईएको मध्ये १,८६,५४८ कित्ता साधारण शेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको तथा ४,६६,३७० कित्ता साधारण शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र बाँकी ८६,७४,४९२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

यस तल्लो खारे खोला आयोजनामा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा बैंक,माछापुच्छ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैकं र कैलाश विकास बैकले संयुत्त रुपमा ऋण लगानी गरेका छन।आयोजनाको ऋण चुक्ताको अवधि १२ वर्ष रहेको छ ।

यस आयोजना संचालक समुह सिईडिबी हाइड्रो पावर डेभलभमेन्ट कम्पनिको लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना,४ मेगावाटको खुँदी  आयोजना र १८३ किलोवाटको स्याङ जलविद्युत आयोजना संचालनमा छन् । यी तीनवट्टै आयोजनाहरुले लगानीकर्तालाई आर्कषक प्रतिफल प्रदान गरिरहेको छ । सिईडिबी हाइड्रो पावर डेभलमेन्ट कम्पनिको नेतृत्वमा लमजुङ जिल्लामा दोर्दी १ जलविद्युत आयोजना र रुकुम जिल्लामा ५ मेगावाटको रुकुम गाँड जलविद्युत आयोजना निर्माण भइरहेको छ । तत्कालिन क्लीन एर्नर्जी डेभलमेन्ट बैकंले स्थापना गरेको सिईडिबी हाइड्रो पावर डेभलभमेन्ट कम्पनिमा हाल एनएमबी बैंकको समेत लगानी रहेको छ ।

आयोजनाको विद्युत्त खरिद वित्रिको समय अवघि३० वर्ष रहेको आयोजजना निर्माणकर्ता यूनिर्भसल पावर कम्पनि लिमिटेडले जनाएको छ । त्यस्तै आयोजनालाई १० वर्षसम्म पुर्ण रुपमा आयकर छुट दिइएको छ भने ५ वर्षसम्म आयाकर आधा लाग्ने बताइएको छ ।

त्यस्तै विद्युत्त उत्पादन पश्चात नेपाल सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने भएको छ । युभिर्सल पावर कम्पनिले निर्माणधिन दोर्दी १ जलविद्युत आयोजना र रुकुम गाँड जलविद्युत आयोजनामा समेत लगानी गरेको छ । उक्त आयोजनाहरुको निर्माण पश्चात थप आम्दानी प्राप्त भई लगानीकर्तालाई आर्कषक प्रतिफल दिन सकिने विश्वास  युनिर्भसल पावर कम्पनिले गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको