Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ लक्षमी बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?

ramesh lamsal

विहीबार, १७ माघ २०७५, ११ : ३१ मा प्रकाशित

यस्तो छ लक्षमी बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?


अर्थ संसार, काठमाडौं – लक्ष्मी बैंकले आफ्नो नाफामा रु  १६ करोड वृद्धि गरेको छ । बैंकले २०७४ पुसको तुलनामा ७५ पुस मसान्त अवधीमा आफ्नो नाफा रु १६ करोडले बढाएर रु ६७ करोड पुरयाएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा रु ५१ करोड मात्रै थियो ।

लक्ष्मी बैंकले असोजदेखि पुस मसान्त अवधीमा निक्षेप र कर्जा लगानी रु ६.६ अर्बले वृद्धि गरेको छ । बैंकलेरु  ६९ अर्बमा रहेको निक्षेपलाई रु ७५ पुर्याएको छ भने रु ६४ अर्बको कर्जा लगानीलाई रु ७० अर्ब पुर्याएको छ ।

लक्ष्मीले पुस मसान्त अवधीमा रु १ अर्ब ४५ करोड ब्याज आम्दानी गर्न सफल भएको छ जुन गत पुसको भन्दा रु ४३ करोडले बढि हो । रु ८ अर्ब २२ करोड चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैंयाँ रहेको छ ।

लक्ष्मीले आफ्नो सिडी रेसियो ७७.५६ प्रतिशतमा कायम राखेको छ भने कष्ट अफ फण्ड ७.६८ प्रतिशत बनाएको छ । १.११ प्रतिशत खराब कर्जा भएको बैंकको आधार ब्याजदर १०.३६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने रु १७.७१ छ जुन गत पुस मसान्तमा रु १३.३८ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको