Like us!
Follow us!
Connect us!
Watch us!

१ सय रुपैयाँको ४० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

विहीबार, १७ माघ २०७५, ११ : ३८ मा प्रकाशित

१ सय रुपैयाँको ४० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

अर्थ ससार, काठमाडौं – नेपाल राष्ट्र बैंकले रु १०० दरका ४० करोड थान नयाँ नोट छाप्ने भएको छ । त्यसका लागि बैंकले ग्लाबेल टेन्डर आह्वान गरेको छ ।

पहिलो पटक कात्तिक २९ गते आह्वान गरेको बोलपत्रमा कुनै पनि संस्थाले आवेदन नगरेपछि बैंकले बुधबार पुन : दोस्रो पटक डेन्डर खुलाएको हो ।

इच्छुक कम्पनीले फागुन ९ भित्र बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । बोलपत्र खोलिएको १२० दिनसम्म म्याद रहने छ ।

बोलपत्रका लागि रु ३ करोड १० लाख जम्मा गर्नुपर्ने बैंकले जनाएको छ । बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा फागुन ९ गते खोलिने छ । योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

ताजा समाचार

तल्लो खारे खोलाको काम ७५ प्रतिशत सकियो

यस्तो छ लक्षमी बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?

हिमालयन बैंकको नाफा १ अर्ब ३६ करोड, प्रतिशेयर आम्दानी कति ? (पूर्ण विवरणसहित) 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको