Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश सरकार र प्रभु बैंकबीच बेटी शिक्षा बीमा सम्झौता

विहीबार, १७ माघ २०७५, १४ : ४८ मा प्रकाशित

प्रदेश सरकार र प्रभु बैंकबीच बेटी शिक्षा बीमा सम्झौता

अर्थ सं सार, धनुषा– प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको बेटी शिक्षा बीमाको लागि प्रदेश सरकार र प्रभु बैंकबीच सम्झौता भएको छ ।

माघ १ देखि जन्मिएको छोरीलाई प्रदेश सरकारले एक लाखको शिक्षा बिमा गरिदिने घोषणा भएअनुरुप भएको सम्झौतापत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको हो । सम्झौता पत्रमा प्रदेश सरकारबाट मुख्यमन्त्री राउत तथा मन्त्री परिषद कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बैकका सहायक महाप्रबन्धक अशोक खड्गीले हस्ताक्षर गर्नु भएको छ ।

प्रदेश सरकार र बैंकबीच भएको सम्झौता अनुरुप लागु भएका स्थानीय तहमा नवजात छोरी शिशुका अभिभावकले ६ महिनाभित्र आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा निवेदन दिनु पर्नेछ । मुद्दती खाता मार्फत गरिने बीमाको रकम २० वर्षपछि सेवाग्राहीले एकमुष्ट १ लाख रुपैँया प्राप्त गर्नेछन् ।

तर, खातावालाले बीचमै पढाई छोडे, २० वर्ष नपुगी बिहे गरे वा वेपत्ता भएको प्रमाणित भएमा खातामा जम्मा भएको रकम मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कोषमा जम्मा हुनेगरी फिर्ता हुने व्यवस्था गरिएको छ । खातावाला छोरीको मृत्यु भएमा, निजलाई असाध्य कडा रोग लागेको प्रमाणित भएमा, अभिभावकको मृत्यु भई बालिकाको शिक्षामा असर पर्ने देखिएमा मन्त्रालयको सिफारिसमा खातामा जम्मा भएको रकमको सावा ब्याज प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको