Like us!
Follow us!
Connect us!
Watch us!

राजेश हमाल,भुवन केसी, शिव श्रेष्ठ र करिष्मा मानन्धरको एउटै गीतमा ठुम्का (भिडियो सहित )

विहीबार, १७ माघ २०७५, १६ : ३९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र 'तुलसी' प्रदर्शन हुने भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो । चलचित्र 'तुलसी' नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको छ ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ भने यसको निर्देशन तथा निर्माण शंकर घिमिरेले गर्नुभएको हो । चलचित्रको पाँचवटा गीतहरुमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र 'तुलसी'को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । 'तुलसी'लाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती रहेका छन् ।

प्रिमियर भएको यो गीतलाई गोविन्द राईले नृत्य निर्देशन गरेका छन् भने साधना सरगम र कुमार कान्छाले गाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको