Like us!
Follow us!
Connect us!
Watch us!

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै

विहीबार, १७ माघ २०७५, १६ : ५५ मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै

अर्थ संसार, हेटौँडा– सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ ।

रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक रु १८ करोडदेखि रु २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा कमाएको छ ।

उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उच्च प्रविधि र प्राविधिकको अभाव कारण २१ लाख बोरा सिमेन्ट मात्र उत्पादन हुने गरेको उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताउनुभयो ।

नेपाल सरकारको सहयोग भएमा सम्भाव्यताको आधारमा एक हजार २०० देखि दुई हजार ५०० टन दैनिक सिमेन्ट उत्पादन गर्ने लक्ष रहेको उद्योग प्रसाशनले बताएको छ ।

बजार डिलरका अनुसार हेटौँडा सिमेन्ट उद्योगको माग अत्यधिक छ । यसको क्षमता वृद्धि भएमा बजार राम्रो हुने बताइएको छ । निजी क्षेत्रमा उत्पादित सिमेन्ट केही सस्तो भएकाले यसले आफ्नो बिक्री मूल्य घटाउनु पर्ने हेटौँडाका सिमेन्ट व्यवसायी रामप्रसाद साहले भन्नुभयो । यो उद्योगको उत्पादन गुणस्तरीय हुन्छ भन्ने सर्वसाधारणको विश्वास छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको