Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नयाँ शाखा धरानमा

विहीबार, १७ माघ २०७५, १८ : ०० मा प्रकाशित

ज्योति विकास बैंकको नयाँ शाखा धरानमा

अर्थ संसार, धरान– ज्योति विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष  हरि चन्द्र खड्काद्वारा एक बिहीबार एक कार्यक्रमकाबिच संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।  

ताजा समाचार

पैसा जम्मा गर्नुहोस्, माघ २५ गतेदेखि युनिभर्सल पावरको आइपिओ खुल्दै, कसलाई कति कित्ता ?

तल्लो खारे खोलाको काम ७५ प्रतिशत सकियो

यस्तो छ लक्षमी बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?

हिमालयन बैंकको नाफा १ अर्ब ३६ करोड, प्रतिशेयर आम्दानी कति ? (पूर्ण विवरणसहित)

ठेकेदारको दादागिरीले १८ अर्ब ६६ करोडको २३५ ठेक्का अलपत्र

शेयर बिक्रीमा अग्रिम रकम नलेऊ– स्टक 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको