Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि आशा लघुवित्तको आइपिओ बिक्री खुला

शुक्रबार, १८ माघ २०७५, ०४ : ०० मा प्रकाशित

आजदेखि आशा लघुवित्तको आइपिओ बिक्री खुला

अर्थ संसार, काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आइपिओ) यही माघ १८ गते अर्थात आजेदखि बिक्री खुला भएको छ ।

आशा लघुवित्तले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ७४ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ ।

बिक्री गर्न लागेको साधारण शेयरमध्ये १०३७० कित्ता कर्मचारीलाई र ३३७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिने छ ।

उक्त शेयरका लागि १० कित्ता मात्रै पनि आवेदन गर्न सकिन्छ ।  न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने प्रावधान राख्ने गरेकोमा आशाले भने १० कित्ता नै न्यूनतम आवेदन कित्ता कायम गरेको छ ।

बढीमा  भने ३३७० कित्ता आवेदन गर्न सकिन्छ । यद्यपि लघुवित्तको शेयरमा सबैको आकर्षण हुने र बढीमा ६३ हजारले मात्र शेयर पाउने भएकोले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त हुन्छ । विक्री प्रबन्धमा  प्रभु क्यापिटल रहेको छ ।

ताजा समाचार

प्यान १० मिनेट मै बन्छ त ? 

पैसा जम्मा गर्नुहोस्, माघ २५ गतेदेखि युनिभर्सल पावरको आइपिओ खुल्दै, कसलाई कति कित्ता ?

तल्लो खारे खोलाको काम ७५ प्रतिशत सकियो

यस्तो छ लक्षमी बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?

हिमालयन बैंकको नाफा १ अर्ब ३६ करोड, प्रतिशेयर आम्दानी कति ? (पूर्ण विवरणसहित)

ठेकेदारको दादागिरीले १८ अर्ब ६६ करोडको २३५ ठेक्का अलपत्र

शेयर बिक्रीमा अग्रिम रकम नलेऊ– स्टक 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको