Like us!
Follow us!
Connect us!
Watch us!
कांग्रेस नेतासँग जोडियो राष्ट्रपति भण्डारीको साइनो

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

मंगलबार, ०४ माघ २०७३, १० : ३० मा प्रकाशित

राष्ट्रपतिकी छोरीको बिहेमा पूर्वराष्ट्रपति जन्ती, पूर्वराजा घरगाउँले (फोटो फिचर)

अर्थ संसार

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह शितलनिवासमा धुमधामसँग भएको छ । बिहेमा पूर्व राष्ट्रपति रामबरण यादव जन्ति बनेर आएका थिए । यस्तै पूर्वराजा ज्ञानेन्द्र राष्ट्रपति भण्डारीको निम्ता मान्न घर गाउँले भएर गएका थिए । राष्ट्रपति भण्डारीका ज्वाईं अभिशेक यादव पूर्वराष्ट्रपति यादवका भतिजीका छोरा (नाती) हुन् ।

पूर्वराजा ज्ञानेन्द्र राजतन्त्रको अन्त्यपछि पहिलो पटक राष्ट्रपति निवासमा गएका हुन् । उनले सर्बसाधारणका रुपमा राष्ट्रपतिका छोरी ज्वाईंलाई शुभकामना दिए । बिहेमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधिश सुशिला कार्की, पूर्वप्रधानमन्त्रीहरु केपी ओली, माधव कुमार नेपाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलगायत सितल निवास पुगेका थिए । यस्तै राप्रपा नेताहरु पशुपति समसेर जवरा, कमल थापालगायतका नेता बिहेको निम्ता मान्न गएका थिए । 

राष्ट्रपतिकी छोरी निशाकुसुमको कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवसँग भएको हो । निशाकुसुम र अभिशेकले एक अर्कालाई आफैंले रोजेका हुन् । उनीहरू स्कुल पढ्दादेखिकै साथी हुन् ।

अभिशेक र निशाकुसुम बुढानीलकण्ठ स्कुलमा सँगै पढेका हुन् । बुढानीलकण्ठमा अध्ययन गर्दैगर्दा उनीहरू नजिकिएका थिए । अभिशेकले बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा लन्डनको युनिभर्सिटी कलेज लन्डनमा ‘इकोनोमिक्स एन्ड पोलिसी अफ इनर्जी एन्ड द इन्भाइरोमेन्टमा पढिरहेका छन् ।

यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेका थिए । २७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंस्थित वीर अस्पतालबाट इन्टर्नसमेत गरकी थिइन् । अभिषेककी आमा किरण संविधानसभामा महोत्तरी–२ बाट  विजयी भएकी हुन् । 

 

587da44a805ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको