Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ एनएमबी बैंकको हिसाब किताब, ६ महिनामा कति भयो नाफा ? (पूर्ण विवरणसहित)

शुक्रबार, १८ माघ २०७५, १० : ५३ मा प्रकाशित

यस्तो छ एनएमबी बैंकको हिसाब किताब, ६ महिनामा कति भयो नाफा ?  (पूर्ण विवरणसहित)


अर्थ संसार, काठमाडौं– वाणिज्य बैंकहरुमाझ आफूलाई अब्बल सावित गर्दै आएको एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अबधिमा  एनएमबिले ९६ करोड २७ लाख ९० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत वर्षको भन्दा खुद नाफा १५.२८ प्रतिशतले बढेको हो ।
 
बैंकको वितरण योग्य नाफा भने गत वर्षको तुलनामा केही घटेको छ । गत वर्ष १ अर्ब ७२ लाख ५९ हजार रुपैयाँ वितरण योग्न नाफा कमाएको बैंकले यो त्रैमासमा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ मात्र कमाएको छ ।
 
यता, खुद ब्याज आम्दानी ४९.२३प्रतिशतले  बढेर २ अर्ब ५५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा १ अर्ब ३४ करोड ३९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा पनि १८.८० प्रतिशतले बढाएर १ अर्ब ५६ करोड १६ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष एनएमबिले १ अर्ब ३१ करोड ४४ लाख १७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
 
यो त्रैमाससम्म ८८ अर्ब ७ करोड ९ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गर्दा ८५ अर्ब ३७ करोड ५६ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष ८० अर्ब ५५ करोड २६ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब २२ करोड ३१ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो अवधिमा बैंकको खराब कर्जा घटेर ०.७६ प्रतिशतमा झरेको छ । गत वर्ष एनएमबिको खराब कर्जा १.२० प्रतिशत रहेको थियो । बैंकको कस्ट अफ फन्ड ७.३२ प्रतिशत रहेको र बेस रेट १०.११ प्रतिशत रहेको छ ।
 
हाल एनएमबिको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकको पुस २६ गते सम्पन्न साधाधरण सभाबाट पारित १०५ बोनस सेयर वितरणपछि भने चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ । जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने २०५ रुपैयाँ ७१ पैसा छ ।

5c53da494a920.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको