Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको ज्वालामुखी शाखा उद्घाटन

शुक्रबार, १८ माघ २०७५, १४ : ०६ मा प्रकाशित

मेगा बैंकको ज्वालामुखी शाखा उद्घाटन


अर्थ संसार, धादिङ - मेगा बैंक नेपाल लिमिटेड धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित शाखाको औपचारिक रुपमा उदघाटन भएको छ ।

ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको ज्वालामुखी शाखाको सो गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गर्नुभयो । ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै उहाँले मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै पनि क वर्गको वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।

बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताउनुभयो । उहाँका अनुसार, शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्य लिएको छ । योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

5c5402b99d518.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको