Like us!
Follow us!
Connect us!
Watch us!

बिमा गर्दा सामान्य कुरा बुझेर गरौं !

सोमबार, ०९ बैशाख २०७६, ११ : ०७ मा प्रकाशित

बिमा गर्दा सामान्य कुरा बुझेर गरौं !

 जीवन बिमा सुख र दुःखको साथी हो  ।  तपाईलाई आर्थिक समस्या परेको समयमा यसले सहयोग गर्छ । तपाईंले थोरै रकम भुक्तानी गरी आफनो ठूलो जोखिमको सुरक्षा पनि गर्न सक्नुहुन्छ । बिमा गर्दा आफ्नो आर्थिक अबस्थामा बिचार पुर्याउनु पर्छ ।

हरेक बर्ष नियमित किस्ता तिर्न सहज हुनेगरी कति रकमको बिमा गर्ने हो भनेर तय गर्नु पर्दछ । प्रबिधिको विकाससँगै जोखिम पनि तेत्तिकै बढिरहेको छ । बिहान घरबाट निस्केको मानिस सकुशल घरमा फर्किन्छ, फर्किदैन अनिश्चित छ । घरमा कमाउने मानिसको मृत्यु भयो भने बाँकी सबै परिबारको बिचल्ली हुन्छ ।

आफुले बिमा गर्ने कम्पनीको ब्यबस्थापन पक्ष कस्तो छ, सस्थागत सुसाशन पालना गरेको छ कि छैन, लगाानिकर्ता को–को छन, बोनस दर के कस्तो छ , काम गर्दा पारिबारिक बाताबरण छ कि छैन आदि धेरै कुरामा बिचार पुर्याउनु पर्ने हुन्छ । खाली केही आर्थिक फाइदाको लागि मात्रै बिमा गराउनु हुँदैन  । 

त्यसैले पारिबारिक सुरक्षाको लागि जीवन बिमा सबैका लागि उपयोगी छ । त्यसमा पनि अहिलेको समयमा प्रविधिको साथमा जोखिम पनि चारैतिर बढेको छ । सबै बिमा कम्पनीले सुरक्षा र बचत प्रदान गरेकै हुन्छन्  । तर,  पनि बिमा गर्ने बेलामा अभिकर्ता त कर्मचारी मात्रै चिनजानको भरमा बिमा गर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।

जहिलेसम्म बिमित सचेत भएर आफुले बिमा गर्ने कम्पनीको ब्यबस्थापन पक्ष कस्तो छ, सस्थागत सुसाशन पालना गरेको छ कि छैन, लगाानिकर्ता को–को छन, बोनस दर के कस्तो छ , काम गर्दा पारिबारिक बाताबरण छ कि छैन आदि धेरै कुरामा बिचार पुर्याउनु पर्ने हुन्छ । खाली केही आर्थिक फाइदाको लागि मात्रै बिमा गराउनु हुँदैन  । 

मानव जिबनमा अति दुख परेको अवस्थामा हरेक व्यक्तिका लागि बिमा उत्तिकै आवश्यक पनि छ । नेपाल जस्तो भौगोलिक विकट मुलुकका नागरिकका लागि बिमा झनै यो उपयोगी छ । तर, चेतनाको अभाव कै कारण बिमालाई अझै पनि अनावश्यक खर्चका रूपमा हेर्न प्रचलन छ । तर, पछिल्लो समय भने बिमा क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ ।

बिमितहरु बिमा गर्ने त्यसपछि नियमित किस्ता नतिर्ने त्यत्तिकै बिचमै बिमा छोडिदिने गरेको पाइन्छ । यस्तो अबस्थामा बिमाले जोखिम बहन गर्दैन र बिमा गर्नुको कुनै पनि अर्थ हुँदैन ।तेसैले बिमा गरिसकेपछि नियमितरूपमा किस्ता बुझाउनु पर्छ ।

अहिले बजारमा १० बटा नयाँ बिमा कम्पनी थपिएसँगै  धेरै नयाँ नयाँ योजनाहरू आएका  छन । ४० बर्ष पुराना कम्पनीले अहिलेसम्म ल्याउन नसकेको स्वस्थ्य बिमा योजना अहिले नयाँ कम्पनीले ल्याएका छन । जसले गर्दा बिमाको बारेमा जनचासो र जनविश्वास  बढेको पाईन्छ । मानिसहरू स्वास्थ बिमाप्रति आकर्षित हुन थालेका छन् ।

तर, बिमा योजना खरिद गरेर मात्रै जोखिमबाट मुक्त हुन सकिँदैन । जीवन बिमा गरेपछि बिमितले केही विषयलाई ख्याल राख्नुपर्छ । अन्यथा बिमा योजना खरिद गरे पनि यसको फाइदा लिन सकिँदैन । बिमा गरि सकेपछि बिमालेखको सर्तहरू पालना गर्नु पर्ने हुन्छ ।

कतिपय बिमितहरु बिमा गर्ने त्यसपछि नियमित किस्ता नतिर्ने त्यत्तिकै बिचमै बिमा छोडिदिने गरेको पाइन्छ । यस्तो अबस्थामा बिमाले जोखिम बहन गर्दैन र बिमा गर्नुको कुनै पनि अर्थ हुँदैन ।तेसैले बिमा गरिसकेपछि नियमितरूपमा किस्ता बुझाउनु पर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको