Like us!
Follow us!
Connect us!
Watch us!
बजारमा नगद अभाव चुलिएका बेला थुप्रियो ५२ अर्ब

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदन

मंगलबार, ०४ माघ २०७३, ११ : ५५ मा प्रकाशित

नेपाल लाइफको एफपिओमा १२ गुणा आवेदन

अर्थ संसार

काठमाडौं–बजारमा नगदको अभाव भएको भन्दै बैंकहरुले ब्याज दर बढाएर निक्षेप आकर्षित गर्ने प्रयास गरिरहेका बेला नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) मा मा भने ५१ अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको छ। 

कम्पनीको एफपिओमा परेको आवेदन झण्डै १२ गुणा हो । कम्पनीको एफपिओमा आइतबारसम्म आवेदन गर्ने अबधि थियो ।  अन्तिम दिनमात्रै ३७ अर्बभन्दा बढीको आवेदन परेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

अन्तिम दिन संस्थागत र ठूला लगानीकर्ताले आबेदन गरेका थिए । एफपिओमा सामुहिक लगानी कोषसँगै बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले समेत आबेदन गर्न पाउँने भएकाले यति धेरै आवेदन परेको अनुमान छ ।  

नेपाल लाईफले ३१ लाख कित्ता सेयर निस्कासन गरेको थियो । नेपाल लाइफले १ सय रुपैयाँ मूल्य अंकित सेयरमा १३२५ रुपैयाँ प्रिमियम जोडेर १४२५ रुपैयाँ प्रतिकित्तामा एफपिओ निस्कासन गरेको हो । 

एफपीओमा न्युनतम १० कित्ता र अधिकतम ३० हजार ९ सय ६० कित्तासम्मका लागि आबेदन गर्न सकिने ब्यवस्था थियो ।  नेपाल लाईफले सर्बसाधारणको सेयर अनुपात बृद्धि गर्न ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको हो । नेपाल लाइफको एफपीओ निश्काशनपछि प्रिमियमा संकलन गरेको रकम ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुनेछ । यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड नाघ्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको