Like us!
Follow us!
Connect us!
Watch us!

रोमाञ्चक खेलमा नेपाल ४ विकेटले विजयी , शृंखलामा बराबरी

शुक्रबार, १८ माघ २०७५, १८ : २५ मा प्रकाशित

रोमाञ्चक खेलमा नेपाल ४ विकेटले विजयी , शृंखलामा बराबरी

अर्थ संसार- दोस्रो टि–२० खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा  पराजित नेपालले घरेलु टोलीलाई पराजित गर्दै शृंखलामा बराबरी गरेको हो ।

यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो । दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् ।

नेपालका लागि दीपेन्द्रले नटआउट ४७ रन जोडे । ४१ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । पवनले २५ बलमा २ चौकासहित १८ रन जोडे । यस्तै करण केसीले २०, प्रदीप ऐरीले ८ र ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए ।

त्यसअघि खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमात्रै जोड्न सकेको थियो ।

युएईका लागि चुन्दानगापोइल रिज्वानले ४४ रनबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै शाइमन अनवरले १४, मोहम्मद बुटाले ११ रनबाहेक अन्यको दोहोरो अंक रहेन ।

नेपालका अविनाश बोहराले ३ विकेट लिए । चार ओभरमा अविनाशले २० रनमात्रै खर्चे । यस्तै सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

सुरुदेखि नै नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन जारी राखेका थिए । पहिलो ओभरमै सोमपालले युएईका ओपनर अस्फाक अहमद(६)लाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए ।

तेस्रो ओभरमा घुलम शब्बिर(६)लाई अविनाशले विकेटकिपरको प्रदीप ऐरीको हातबाट क्याच गराए । यस्तै सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौं बलमा शाइमन अनवर(१४) र अन्तिम बलमा मोहम्मद उस्मान(०)को विकेट लिएपछि युएईमाथि दबाब बढेको थियो ।

टि–२० शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ । नेपालले युएईविरुद्ध यसअघि खेलेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भने २–१ ले जितिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको