Like us!
Follow us!
Connect us!
Watch us!

‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

शनिबार, १९ माघ २०७५, ११ : ५५ मा प्रकाशित

‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं –नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेका छन् भन्ने विषयमा एक दिने कन्फ्रेन्स आयोजना गरिएको छ । 
साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआइआर)को आयोजनामा काठमाडौंको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा भएको सो सेमिनारमा साइबर सेक्युरिटी र आइटी विषयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषय विज्ञहरुले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. सुवर्ण शाक्यले वर्तमान साइबर सुरक्षाको व्यवस्थापन र यो क्षेत्रको विस्तार एवं प्रवद्र्धन गर्न राष्ट्रिय तहको साइबर सेक्युरिटी पोलिसी आवश्यक रहेकोमा जोड दिनुभयो ।
 
उहाँले सूचना प्रविधिको विकाससँगै सूचना सुरक्षाको जोखिम पनि बढिरहेको बताउनु भयो । ‘प्रविधिको सदुपयोग मात्रै होइन, दुरुपयोगका घटना पनि दिनप्रतिदिन भइरहेका छन् । यसलाई रोक्न नीतिगत ढंगबाटै पहल हुनुपर्छ,’ प्रा.डा. शाक्यले भन्नुभयो । अहिले सफ्टवेयर सेवाको रुपमा विकसित भइरहेको धारणा राख्दै क्वालिटी सफ्टवेयर डेभलपमेन्टमा जोड दिन सके जोखिम न्यूनिकरणमा सहयोग पुग्नेसमेत बताउनु भयो । 

5c55354a89b58.jpg 5c55355104271.jpg 5c553558d0eb5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको