Like us!
Follow us!
Connect us!
Watch us!

बजार पूँजीकरणमा वाणिज्य बैंकको हावी

ramesh lamsal

आइतबार, २० माघ २०७५, १० : ५३ मा प्रकाशित

बजार पूँजीकरणमा वाणिज्य बैंकको हावी

अर्थ संसार, काठमाडौँ –   बजार पूँजीकरणका आधारमा सधै जसो  वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ ।

सधै जस्तै  नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बजार पूँजीकरण रु एक खर्ब नौ अर्ब ३५ करोड बराबरको रहेको छ ।

यस्तै नवील बैंक बजार पूँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । सो बैंकको रु ६७ अर्ब ६० करोड ४६ लाख बराबरको बजार पूँजीकरण छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको रु ६६ अर्ब ८२ करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४७ अर्ब ८३ करोड ८५ करोड रहेको छ ।

स्ट्याण्र्डड चार्टड बैंकको रु ४५ अर्ब २६ करोड ६४ लाखको बजार पूँजीकरण हुँदा एभरेष्ट बैंकको रु ४२ अर्ब ६ करोड छ । हिमालयन बैंकको रु ३८ अर्ब १७ करोड, एनआइसी एशिया बैंकको रु ३४ अर्ब ५४ करोड, नेपाल एसबिआइ बैंक रु ३२ अर्ब १९ करोड र एनएमबी बैंकको रु ३० अर्ब ४८ करोड बराबरको बजार पूँजीकरण रहेको छ ।

बजार पूँजीकरणका शीर्ष १० स्थानमा उक्लेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी विगत केही सातादेखि भने पछाडि परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको