Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको करिब २ लाख कित्ता हकप्रद शेयर लिलामीमा, गर्ने होइन लगानी ?

आइतबार, २० माघ २०७५, ११ : २४ मा प्रकाशित

लुम्बिनी विकास बैंकको करिब २ लाख कित्ता हकप्रद शेयर लिलामीमा, गर्ने होइन लगानी ?

अर्थ संसार, काठमाडौं –लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ ।

बैंकले १० कित्ता बराबर १ कित्ताका अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये संस्थापक तर्फको सो मात्रामा सेयर बिक्रि नभएपछि लिलामीका लागि सूचना निकालेको हो ।

लुम्बिनी विकास बैंकले यही माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । बैंकले न्युनतम मूल्य रु १ सय राखेर न्युनतम १०० कित्ता आवेदन दिन सकिने जनाएको छ ।

भिबोर क्यापिटल मार्फत बैंकको संस्थापक सेयर किन्न सकिनेछ । लुम्बिनी बैंकको सेयरको बजार मूल्य रु १७४ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको