Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको नाफा १ अर्ब ६६ करोड

आइतबार, २० माघ २०७५, १६ : ४६ मा प्रकाशित

नेपाल बैंकको नाफा १ अर्ब ६६ करोड

अर्थ संसार, काठमाडौँ– नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा  एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा बैंकले  एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैंकले खुद ब्याज आम्दानी  तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ । गत आवको छ महीनामा बैंकले रु दुई अर्ब ९४ करोड तीन लाख २९ हजार ब्याज आम्दानी गरेको थियो ।

 नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा  १९ अर्ब ६५ करोड १४ हजार रहेको छ । बैंकले रु एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी रु ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी  ३३ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको