अर्थ संसार, काठमाडौं– अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ ।
ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने महान संकल्प बोकेर काठमाडौंको आरुवारी बि.सं.२०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ ।
गुठियारहरुको सहयोगमा शैक्षिक गुठीकारुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकाल समेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ ।
स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फश्री मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ताश्री बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताउनुभएकाश्री तेज प्रकाश ढुङगेललाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको बिकासमा अतुलनीय योगदान पुर्याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा सहित शुभकामना व्यक्त गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक श्री ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरू प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उहाँले आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गर्नुभयो ।
कार्यक्रममा तीनै वटा शैक्षिक संस्थाका बिद्यार्थी,अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने बिद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने बिभिन्न साँस्कृतिक कार्यक्रमकोप्रस्तुति समेत गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस