Like us!
Follow us!
Connect us!
Watch us!

कावेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

शुक्रबार, १४ असोज २०७३, १४ : २२ मा प्रकाशित

कावेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

अर्थ संसार
काठमाडौं । ३७.६ मेगावाट क्षमता भएको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएका हुन् ।

यसअघि सो आयोजना काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरेपनि विवादका कारण सो काम अघि बढ्न सकेको थिएन । दसैँ लगत्तै चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउनेछन् । काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ ।

१० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकल तर्फको काम सुरु हुनेछ । यसअघि कम्पनीले स्थानीयवासीसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको