Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले जित्यो टी–२०क्रिकेट सिरिज, युएई १४ रनले पराजित

आइतबार, २० माघ २०७५, १९ : ३० मा प्रकाशित

नेपालले  जित्यो टी–२०क्रिकेट सिरिज, युएई १४ रनले पराजित

अर्थ संसार, काठमाडौं– नेपालले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै पहिलो ऐतिहासिक टी-२० सिरिज  जितेको छ ।

नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएइले निर्धारित ओभरमा ९० रन मात्र बनाउनसक्यो । नेपालका लागि करण केसी, ललित राजबंशी र अविनास बोहोराले समान २\२ विकेट लिए भने सोमपाल कामी  र सन्दीप लामिछाने   १–१ विकेट लिए भने ब्याटिंगतर्फ युएइका गुलाम सब्बिरले २५, सइमान अनवरले ३०  रन जोडेका थिए ।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १९१ को बराबरी गरेको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१ ले गुमाएको थियो।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको