Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

सोमबार, २१ माघ २०७५, १० : ५२ मा प्रकाशित

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेख्नुभएको छ, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको