Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंकको नाफा कति ?

सोमबार, २१ माघ २०७५, ११ : ४६ मा प्रकाशित

सहयोगी विकास बैंकको नाफा कति ?

अर्थ संसार, काठमाडौँ – सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आव ०७५\७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो ।

बैंकले गत त्रैमासिक ०७५ \७६ मा असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले वृद्धि सञ्चालन मुनाफा वृद्धि गर्न सफल भएको पनि जनाएको छ । बैंकको ०७४\७५ को असोज मसान्तसम्ममा रु  १ करोडभन्दा बढी घाटा बेहोर्नु परेको थियो ।

बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले वृद्धि गर्न सफल भएको थियो ।

 बैंकले गत अवधिको तुलनामा यस वर्ष निक्षेप तथा कर्जा लगानीमा पनि वृद्धि गरेको र बैंकले निक्षेपमा २५.८२ प्रतिशतले वृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले वृद्धि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको