Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले बढाएर संस्थागत निक्षेपकर्ताको निक्षेपमा व्याज, कस्तो पर्ला बजारमा प्रभाव ?

सोमबार, २१ माघ २०७५, ११ : ५५ मा प्रकाशित

बैंकहरुले बढाएर संस्थागत निक्षेपकर्ताको निक्षेपमा व्याज, कस्तो पर्ला बजारमा प्रभाव ?

अर्थ संसार, काठमाडा– वाणिज्य बैंकहरुले संस्थागत निक्षेपकर्ताको ब्याज दर बढाएका छन् । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरी संस्थागत निक्षेपको नवीकरण गर्दा ०.१ प्रतिशतसम्म ब्याज बढाउन सकिने जानकारी गराएका हुन् । संस्थागत निक्षेप नवीकरण गर्दा बैंकहरुले ८.६ प्रतिशतसम्म ब्याज दिन पाउने छन् ।

नेपाल बैंकर्स एसोसियसनको आइतबारको बैठकले संस्थागत निक्षेपको नवीकरण शुल्क ०.१ प्रतिशत बढाउने सहमति गरेपछि बैंकहरुले आज  नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

संस्थागत निक्षेपकर्तालाई दिने ब्याज ८.५ प्रतिशतमाथि नपाइने तर निक्षेपको नवीकरण भएमा ०.१ प्रतिशत थप गर्न पाइने भएको छ । व्यक्तिगत निक्षेपकर्ताको ९.२५ प्रतिशत यथावत छ । पछिल्लो पटक वाणिज्य बैङ्कले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि एसोसियसनको बैठक बसेर भद्र सहमति गरेको हो ।

भद्र सहमतिपछि हिमालयन, एनएमबी, कृषि विकास, प्रभु, माछापुच्छे सनराइज, बैंक अफ काठमाण्डू, नबिल, कुमारी, नेपाल एसबीआई, सिद्धार्थ र सिभिल बैंकलगायतले ब्याजदर बढाउने जानकारी दिएका हुन् ।

सेञ्चुरी कमर्शियल बैंक, सनराइज र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले संस्थागत निक्षेप तान्न ब्याजदर बढाएपछि यसलाई रोक्न बैंकर्स संघले  नयाँ भद्र सहमति गरेको हो । केही बैंले निक्षेप नवीकरण गर्दा ९.९९ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए ।

लगानीयोग्य पुँजीको सङ्कट बढेपछि वाणिज्य बैंकहरु बढी ब्याज दिएर निक्षेप तान्न प्रतिस्पर्धा गरेका हुन् । ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । बैंकहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा–पुँजी निक्षेप अनुपात पनि ८० प्रतिशत छ ।

अधिकांश बैंकहरुले थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् । लगातार ३ वर्षदेखि बैकिंङ क्षेत्रमा लगानीयोग्य पुँजीको समस्या हुँदै आएको छ । पछिल्लो समयमा बैंकको आधार ब्याजदर बढेर १०.३० प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको