Like us!
Follow us!
Connect us!
Watch us!

आज विश्व क्यान्सर दिवस, विविध कार्यक्रम गरी मनाइँदै

सोमबार, २१ माघ २०७५, १२ : ३७ मा प्रकाशित

आज विश्व क्यान्सर दिवस, विविध कार्यक्रम गरी मनाइँदै

अर्थ संसार, काठमाडौं–  विश्व क्यान्सर दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ विश्वभर क्यान्सर दिवस मनाउन लागिएको हो ।

क्यान्सर रोगको शुरुमै उपचार भए बिरामी पूर्ण रुपमा निको हुनेबारे सर्वसाधारणमा जनचेतना बढाउन नेपालमा पनि हरेक वर्षको फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाउँदै आइएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले दिवसको अवसरमा विहान ११ बजे कार्यक्रमको आयोजना गरेको छ । विश्वको तथ्याङ्कमा एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको उल्लेख छ । क्यान्सर रोगबाट विश्वमा ९० लाख मानिसको मृत्यु हुने गरेको छ ।

नेपालमा आधिकारिक तथ्याङ्क नभएपनि एक वर्षमा करिब २६ हजार मानिस क्यान्सरबाट पीडित भएका छन् । १९ हजारको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार नेपालमा करिब ५०–६० हजार क्यान्सरका बिरामीको उपचार भइरको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको