Like us!
Follow us!
Connect us!
Watch us!
एनआरएनएको अध्ययन टोली भन्छः २३११४१

कति होलान् अमेरिकामा नेपाली ?

मंगलबार, ०४ माघ २०७३, १४ : ४४ मा प्रकाशित

कति होलान् अमेरिकामा नेपाली ?

अर्थ संसार

काठमाडौं–विश्वको सपनामाको मुलुक अमेरिका । आफ्नो भविष्य खोज्न अमेरिका जाने नेपालीहरुको संख्या धेरै छ । अमेरिकाको भिषा पाए लाखौं तिर्न तयार हुने नेपाली उत्तिकै छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गठन गरको एक टोलीले अध्ययन गरेर त्यहाँ रहेका नेपालीको संख्या सार्बजनिक गरेको छ । जनसंख्या अध्ययन टोलीका अनुसार अमेरिकामा नेपालीको संख्या २ लाख ३१ हजार १ सय ४१ छ । जनगणना समितिका सदस्य सुर्य लम्सालका अनुसार टपडाउन एप्रोचका आधारमा नेपालीको जनगणना गरिएको हो । दोश्रो चरण्मा बटम अफ एप्रोचको आधारमा नेपालीवीच गरेर सर्भेक्षण गरिने उनले बताए । 

टोलीलाई अध्ययन गर्न एक वर्ष लागेको थियो।  नेपाली दुताबास, अमेरिकी दुताबास , अमेरिकी स्टेट डिपार्टमेन्ट, होमल्याण्ड सेक्युरिटीका साथै अमेरिकामा पहिल्यैदेखि बसिरहेका नेपालीको सहयोग लिएर आधिकारिक तथ्यांक तयार गरेको टोलीले जनाएको छ । युनिभर्सिटी अफ म्यासाचुसेट बोनमा पपुलेसन स्वास्य विषयमा विद्यावारिधि गरिरहेका अध्ययन टोली सदस्य दिपकराज काफलेले अध्ययन प्रतिवेदनको प्राविधिक तथ्याक बनाउने जिम्मा दिइएको थियो । 

उनले अमेरिकाले सन् २०२० मा गर्ने जनगणनामा सबै नेपालीलाई सहाभागी गराउन एनआरएनएले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताए । अमेरिकाले सन् २०१० मा गरेको जनगणनामा नेपालीको संख्या ६० हजार देखाएको थियो । त्यसपछि सन् २०१५ मा अमेरिकी कम्युनिटी सर्भेले गरेको अध्ययनले नेपालीको संख्या १ लाख ५० हजार देखाएको थियो । अध्ययन टोलीले डिपाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भिसा ट्राकिङ एप्रोजमार्फत लिएको तथ्यांकमा अहिलेको अनुमानित २ लाख ५१ हजार देखाएको छ । 

टोलीले २०१४ को पपुलेसन मोनोग्राफअनुसार नेपाल र अमेरिकाको उमेर समुहको जनसंख्या तुलना गरेको छ । यसअनुसार नेपालमा पुरुषहरुको संख्या ३ प्रतिशतले कम हुँदा अमेरिकामा नेपाली अमेरिकी पुरुषको जनसंख्या भने ४ प्रतिशतले बढी देखिएको छ । प्रतिवेदनमा सन् २००० अघि अमेरिकामा नेपालीको संख्या २४ हजार मात्र रहेको उल्लेख छ ।  

त्यतिखेर नेपालमा राजनितिक समस्या थिएन । त्यसैले अमेरिका आउनेहरु फर्कने गरेका थिए । त्यसयता नेपालमा भएको माओवादी द्वन्द्वका कारण अमेरिका आएर नफर्कनको संख्या बढ्दै गएको हो । रजानीतिक शरण माग गर्दै अमेरिकामा बस्न चाहनेहरु धेरै छन् ।

एनआरएनएको तथ्यांक अनुसार अमेरिकामा रहेका नेपालीमध्ये ५२ प्रतिशत गैरआवासीय भिषामा छन् । यसको संख्या १ लाख २० हजार हुन आउँछ । यसमा विद्यार्थी, रोजगारी गर्नेहरुसमेत पर्दछन् ।  अरु ४८ प्रतिशत स्थायी बसोबास गर्नेहरु छन् । त्यस्ता ब्यक्तिहरु १ लाख १० हजार जना छन् । उनीहरुले ग्रीनकार्ड अथवा नागरिकता पाइसको छन् । यस्तै नेपालबाट आउने अभिभावकबाट अमेरिकामा जन्मेका बालबालिकाको संख्या १९ हजार छ ।

काठमाडौंस्थित अमेरिकी दतावासले २ लाख २० हजार नेपालीलाई गैरआवासीय भिसा दिएको छ । त्यस्तै आप्रवासी भिसा भने १ लाख ४ हजार नेपालीलाई दिएको छ । त्यस्तै विद्यार्थी, पर्यटकलगायतका भिषामा आएर भिषा स्ट्याटस परिवर्तन गर्न आवेदन दिएर ग्रीनकार्ड लिने नेपालीको संख्या उल्लेख्य  रहेको एनआरएनए अध्ययन टोलीको प्रतिवेदनले देखाएको छ । सन् २००० देखि २०१० सम्म स्थायी बसोबासको अनुमति पाउने धेरै शरणार्थीको दावी गर्नेहरु धेरै रहेको टोलीले बताएको छ । बार्षिक १५ हजार ५ सय जना हरेक बर्ष शरणार्थीका रुपमा थपिने गरेको अध्ययनले देखाएको छ । 

मेक्सिकोबाट अबैध रुपमा सीमा पार गरेर आउने नेपालीको संख्या हजारौं छ । यस्तो संख्या अनुमानमै सीमित रेहको टोलीको ठहर छ । सन् १९९० देखि अहिलेसम्म सवैभन्दा बढी २०१५ अमेरिकी भिसा लिएर आउनेको संख्या देखिएको छ । तथ्याङ अनुसार अध्ययन प्रतिवेदनअनुसार अमेरिकाका ५० राज्यमध्ये सबैभन्दा धेरै उत्तर पूर्वि राज्यहरु न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भर्ज्नििया, वासिङगटन डिसीलगायतका राज्यहरुमा नेपाली बस्छन् । ती राज्यमा कुल नेपाली जनसंख्याको २५ प्रतिशत बसोबास गरिरहेको टोलीको दावी छ ।  त्यसपछि दक्षिण क्षेत्रको टेक्सास, ओक्लाहोमालगायतका राज्यहरुमा १५ प्रतिशत नेपाली बस्छन् ।

त्यस्तै दक्षिण पुर्वि क्षेत्र केन्टकी, टेनिसी, जोर्जियालगायतका राज्यहरुमा १३ प्रतिशत नेपाली बस्छन् । पश्चिम क्षेत्रका क्यालिफोर्निया, नेभेडा र हवाईमा १२ प्रतिशत नेपालीको बसोबास रहेको अध्ययनले देखाएको छ। यस्तै फ्लोरिडा, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइनालगायत राज्यमा अरु १३ प्रतिशत नेपाली बसोबास गर्छन् ।एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराईको संयोजकत्वमा गठित अध्ययन टोलीमा काफ्ले, लम्सालका अतिरिक्त विजयराज भट्टराई, आमोद पोखरेल, डोलेश्वर भण्डारी, किरण सिटौला, सन्जिता प्रधान, शिव गौतम र नेपाली दूतावासका कैलाश पोखरेल सदस्य थिए ।

587de32298374.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको