Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उद्योग परिसंघले गर्‍यो नवनियुक्त राजदूतहरुसँग भेटघाट

सोमबार, २१ माघ २०७५, २० : १९ मा प्रकाशित

नेपाल उद्योग परिसंघले गर्‍यो नवनियुक्त राजदूतहरुसँग भेटघाट

अर्थ संसार, काठमाडौँ– विभिन्न मित्रराष्ट्रहरुका लागि नियुक्त हुनभएका राजदूतहरु एवं नेपाल उद्योग परिसंघका पदाधिकारीहरु एवं कार्यसमितिका सदस्यहरु बीच माघ २० गते भेटघाट एवं छलफल कार्यक्रम परिसंघमा सम्पन्न भएको छ ।

मित्रराष्ट्रहरु भारत, इजरायल, मलेसिया, यु ए ई, फ्रान्स, कुवेत, क्यानडा रथाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघका लागि  नियुक्त हुनुभएका राजदूतहरुको स्वागत गर्नु हुँदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएसँगै वर्तमान सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिदै लगानीमैत्री कानुनहरुको तर्जुमा गरेको वर्तमान स्थितिमा नवनियुक्त राजदूतहरुको भूमिका समेत फेरिएको आफूले महशूस गरेको विचार व्यक्त गरेका छन् ।

छलफलको क्रममा अध्यक्ष शर्माले सम्बन्धित देश र नेपालको निजी क्षेत्र बीचको सहकार्य र सम्बन्ध विस्तारमा राजदूतहरुले आफ्नो मूख्य लक्ष्य र योजना सहित परिसंघ जस्ता संस्थाहरुको सहयोग र सहकार्यमा जुट्न सकेको खण्डमा नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताए । 

सो कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक कुटनीतिकको वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभइ बजार प्रतिनिधि (Marketing Representation)  को समेत हुनुपर्ने कुरामा जोड दिदै अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिइ कार्ययोजना बनाउनु पर्ने विचार व्यक्त गरे ।

छलफलको क्रममा भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले व्यवसायमैत्री सम्पर्क र युवा उद्यमीहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याई अघि बढ्नुपर्ने विषयमा जोड दिए ।

उक्त छलफल कार्यक्रममा आ–आफ्नो मन्तव्य तथा धारणा व्यक्त गर्नु हुँदै नवनियुक्त राजदूतहरु अञ्जन शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), कृष्ण प्रसाद ढकाल (यू ए इ), दिपक अधिकारी (फ्रान्स), दूर्गा प्रसाद भण्डारी (कुवेत), भृगु ढुङ्गाना (क्यानडा), गणेश प्रसाद ढकाल (थाइल्याण्ड), मणी प्रसाद भट्टराई (यू एन, जेनेभा)र अमृत बहादुर राई (यू एन, न्यूयोर्क) ले नेपालमा लगानी भित्र्याउने एवं नेपालको लगानीमैत्री वातावरण बारे पैरवी गर्नेमा आ–आफ्नो तहबाट निजी क्षेत्रसँग सहकार्य र सम्बन्ध विस्तारमा प्रयासरत रहने विश्वास व्यक्त गरेका थिए ।

5c584f823359e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको