Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीनलाइफ हाइड्रोको आइपीओ बिक्री खुल्ला, ‘ग्रेड ४’ रेटिङ, लगानी गर्ने कि नगर्ने आफ्नो विचार ?

मंगलबार, २२ माघ २०७५, १० : २९ मा प्रकाशित

ग्रीनलाइफ हाइड्रोको आइपीओ  बिक्री खुल्ला, ‘ग्रेड ४’ रेटिङ, लगानी गर्ने कि नगर्ने आफ्नो विचार ?


अर्थ संसार, काठमाडौं– ग्रीनलाइफ हाइड्रोपावर लिमीटेडले माघ २२ गते अर्थात मंगलबारदेखि आयोजना प्रभावितका साधारण शेयर (आइपिओ) निश्कासन गरेको छ ।

कम्पनीले स्थानीयवासीको लागि १८ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेका हो । इच्छुक स्थानीय लगानीकर्ताले  फागुन ७ गतेसम्म आवेदन दिन सकिने निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेडले जनाएको छ ।

कुन गाउँपालिकालाई कति कित्ता ?

कम्पनीले अयोजना प्रभावित स्थानीयवासीलाई तीन तहमा विभाजन गरी शेयर विक्री गर्ने निर्णय गरेको छ । जसमा क ख र ग भागमा विभाजित गरेको छ । शेयरका लागि दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

 क समूह
 
कम्पनीले समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता ३० प्रतिशत शेयर छुट्याएको छ ।

ख समूह

समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार  ४० प्रतिशत  कित्ता सेयर छुट्याइएको छ ।

ग समूह

समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०५) सेयर छुट्याइएको छ ।

आवेदन अन्तिम म्याद कहिले ?

कम्पनीले निश्कासन गरेको साधारण शेयरमा इच्छुक स्थानीयवासेले फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।

कहाँबाट आवेदन दिने ?

स्थानीयवासीले सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा तथा प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट पनि आवेदन दिन पाइनेछ । यस्तै, ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पनि सकिन्छ ।

5c5926be7fa13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको