Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ नेपाल बैंगलादेश बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २२ माघ २०७५, ११ : २१ मा प्रकाशित

यस्तो छ नेपाल बैंगलादेश बैंकको हिसाब किताब, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौँ – नेपाल बैंगलादेश बैंक लिमिटेडल चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु ६१ करोड ८२ लाख नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिमा ४३ करोड ८० लाख मात्रै रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यो बैंकले गत पुस सम्ममा व्याज आम्दानीबाट रु ३ अर्ब २४ करोड र यसवापटको व्याज खर्च रु  १ अर्ब ८४ करोड गरेको छ । बैंकको यो अवधिसम्मको खुँद व्याज आम्दानी रु १ अर्ब ३९ करोड रहेको छ ।

यो बैंकको चालू आवको दोस्रो त्रैमाससम्मको निक्षेप संकलन रु ५२ अर्ब ४७ करोड रहेको छ । यो अवधिमा बैंकले रु ५१ अर्ब ४० करोड ऋण लगानी गरेको छ । यसले गत वर्ष रु ४१ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेर रु ४१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

चुक्ता पुँजी रु ८ अर्ब ८ करोड रहेको यो बैंकसँग जगेडा कोषमा रु ३ अर्ब ५१ करोड रहेको छ । यो बैंकको पुँजी कोष १२.३५ प्रतिशत, खराब कर्जा अनुपात १.७८ प्रतिशत, सीसीडी रेसियो ७७.२९ प्रतिशत रहेको छ । यसको आधार दर १०.८२ प्रतिशत र प्रति शेयर आम्दानी १९ रुपैयाँ ६२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको