Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २२ माघ २०७५, ११ : २८ मा प्रकाशित

एनसीसी बैंकको नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, कठमाडौँ – एनसीसी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु ६४ करोड ३९ लाख ७१ हजार नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिमा १३२ प्रतिशले बढेको छ ।

बैंकले ६ महिनामा रु  ३६ करोड ६४ लाख ८४ हजारले नाफा बढाएको यो बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । यो बैंकले गत वर्षका सोही अवधिमा रु २७ करोड ७४ लाख ८७ हजार मात्रै नाफा कमाएाके थियो ।

यो बैंकले गत पुस सम्ममा व्याज आम्दानीबाट रु ३ अर्ब ८९ करोड र यसवापटको व्याज खर्च रु २ अर्ब ४२ करोड गरेको छ । बैंकको यो अवधिसम्मको खुँद व्याज आम्दानी रु १ अर्ब ४६ करोड रहेको छ ।

यो बैंकको चालू आवको दोस्रो त्रैमाससम्मको निक्षेप संकलन ६४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले रु  ५८ अर्ब ४४ करोड ऋण लगानी गरेको छ । यसले गत वर्ष रु ५९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर रु ४९ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको थियो ।

चुक्ता पुँजी रु ७ अर्ब १ करोड रहेको यो बैंकसँग जगेडा कोषमा रु ४ अर्ब १७ करोड रहेको छ । यो बैंकको पुँजी कोष १४.१० प्रतिशत, खराब कर्जा अनुपात ३.५३ प्रतिशत, सीसीडी रेसियो ७८.२१ प्रतिशत रहेको छ । यसको आधार दर १०.८७ प्रतिशत र प्रति शेयर आम्दानी २१ रुपैयाँ १२ पैसा रहेको छ ।

5c5928cc42517.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको